खुल्यो नेपाली सेनाका क्याप्टेनको यस्तो हर्कत, जंगी अड्डामा खैलाबैला !
काठमाडौं, ३ चैत । कार्यालयमा सहकर्मी र बाहिरतिर विपरितलिंगीमाथि कठोर तालिम लिएका सैनिकबाटै दूराचारको कल्पनासम्म पनि गर्न सकिन्न ।
तर, यस्तो भएको छ र रोकिने संकेत पनि छैन् । गैरसैनिक महिलासँग अनैतिक सम्बन्ध विस्तार गरेको प्रमाण भेटिएपछि क्याप्टेन नारायणप्रसाद लामिछाने कोर्टमार्सलमा परेर ३ वर्षका निम्ति बढुवाबाट वञ्चित भएका छन् । सेनाभित्र यो यही वर्षको एउटा प्रतिनिधिमुलक घटना हो ।
अर्काेतिर देशभरीका निजामती कर्मचारीको तलबबाट भविष्यको निम्ति केही प्रतिशत रकम जोहो गरिने निकाय कर्मचारी सञ्चयकोषको कथा पनि योभन्दा भिन्न छैन् । त्यहाँ कामु ११औं तहका हाकिम राजेन्द्र काफ्लेमाथि कन्या राशीको जस्तो स्वभाव देखाउने गरेको अरोप छ । कोषले पद रिक्तताको विज्ञापन निकाल्दादेखि नै कस्ता केटीले फर्म भरे, सम्पर्क नम्बर के हो नियाल्ने र अभिभावक जसरी निकटता देखाएर घरबार विगार्ने स्वभाव प्रकट हुने गरेको सहकर्मी टिप्पणी गर्दैछन् ।
dainiknepal