विमान दुर्घटनाबारे फेरि अर्काे दुःखद खबर, विमानमा सवार कोही पनि बाँचेनन्
काठमाडौं, ३ चैत । विमान दुर्घटनाबारे फेरि अर्काे दुःखद खबर प्राप्त भएको छ । समाचार एजेन्सीका अनुसार २२ जना सवार विमान दुर्घटना हुँदा कोही पनि जिवित फेला परेका छैनन् ।
खबर हो दक्षिण अमेरिकी देश इक्वेडरको । जहाँ सेनाको एक विमान दुर्घटनामा पर्दा २२ जनाले ज्यान गुमाएका छन् । उक्त विमान अमेजन क्षेत्रमा दुर्घटनामा परेको हो ।
विमानमा सवार मध्ये १९ जना इक्वेडरका सेनाका जवान थिए भने जो प्यारासुटिङको अभ्यासमा थिए । मृत्यु हुनेमा एक जना सैन्य इन्जिनियर र चालक दलका दुई सदस्य रहेका छन् ।
dainiknepal