अनमोलको निर्माणमा बनेको ‘म त तिम्रै हुँ’ साउन ७ मा
अभिनेत्री तथा भुवन केसीकी पूर्वपत्नी सुष्मिता बाेम्जनको प्रस्तुतिको फिल्म ‘म त तिम्रै हुँ’ साउन ७ मा रिलिज हुने भएको छ। सन् १९९४ मार्च ३० मा जन्मिएका अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति तोकिएको हो। अनमोल भुवन र सुष्मिता पुत्र हुन्।
श्रीराम महतले निर्देशन गरेको फिल्ममा अनमोल केसी निर्माताको रुपमा मात्र रहेका छन्। केसीका अलावा सुवास थापाले फिल्ममा लगानी गरेका छन्। फिल्मको कथा सुष्मिताले लेखेकी हुन्।
फिल्ममा भुपेन्द्र खड्का, दयाराम पाण्डे र हर्कुलस बस्नेतको गीत रहेको छ भने हिमाल केसीको द्वन्द्व र हर्कुलस बस्नेतकै संगीत रहेको छ।
setopati
