बेलायती राजकुमार ह्यारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै


पाँच दिने नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बेलायती राजकुमार ह्यारीबिच शिष्टाचार भेटवार्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।


आज नै ह्यारीले ललितपुर र भक्तपुरको भ्रमण गर्ने कार्यक्रम छ । अपरान्ह १२.३० बजे उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गरी जानकारी लिनुहुनेछ । उहाँले नागबहालमा रहेको ‘गोल्डेन टेम्पल’ को अवलोकन पनि गर्नुहुनेछ । राजकुमार ह्यारी भक्तपुर गएर भूकम्पपीडितसँग भेट्ने कार्यक्रम छ । यस्तै उहाँले भक्तपुरको व्यासीमा नेपाल रेडक्रस सोसाइटीले विपदका समयमा वितरण गर्ने आकश्मिक राहत सामग्रीबारे जानकारी लिनुहुनेछ । आकश्मिक राहत सामग्री बेलायतको अन्तराष्ट्रिय विकास विभाग डिएफआइडिले सोसाइटीलाई सहयोग गरेको थियो ।
नेपाल भ्रमणका क्रममा हिजो काठमाडौं आउनुभएका राजकुमार ह्यारीले हिजो प्रधानमन्त्री केपी ओलीलाई भेट्नुभएको थियो ।News24Nepal

,

news and entertainment