प्रधानमन्त्रीको चीन भ्रमणपछी पाईलट लामाको आक्रोश – ‘के बस्नु यस्तो देशमा’

चैत ८, काठमाडौं । प्रधानमन्त्री केपी ओली आइतबार हिमालय एयरलाइन्सको विमान चढेर चीन भ्रमणमा गए जसको आलोचना निकै भएको छ । यही आलोचना पाइलट विजय लामाले पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारी कम्पनीको विमान हुँदा हुँदै सञ्चालनमा नै नआएको निजी कम्पनीको विमान चढेर चीन भ्रमणमा गएको विषयमा लामाले आफ्नो फेसबुकमा निकै दु:ख पोखे ।


पाइलट लामाले प्रधानमन्त्रीको कार्यले राष्ट्रिय ध्वजाबाहककै कदर नभएको पाइलट लामाको भनाई छ । पाइलट लामाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो निराशा व्यक्त गरेका छन् । उनले लेखेको स्टाटस हेर्नुहोस :


नेपाल एयरलाइन्सको विमानको तस्बिरसहित उहाँले नेताले राष्ट्रिय ध्वजाको कदर नगर्ने देशमा बस्नै मन नलागेको उल्लेख लामाले गरेका छन् ।

हिमालय एयरलाइन्समा नेपालका एचआइएफ एभियसन इन्भेष्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी छ । नेपाली र चिनियाँ लगानीकर्ताले गएको वर्ष स्थपना गरेको यो एयरलाइन्सको अध्यक्षमा चीनियाँ नागरिक चेङ वुई तथा उपाध्यक्षमा प्रशासनतर्फ विजय श्रेष्ठ र अपरेसनतर्फ कप्तान जतिनदरपाल सिंह हुनुहुन्छ । आङछिरिङ शेर्पा, पृथ्वीबहादुर पाण्डेको पनि यसमा लगानी छ ।
sajhasabal

,

news and entertainment