कोइराला जीवितै छँदा महामन्त्री लड्छु भनेको थिएँ: गगन थापा

फाल्गुन २२, २०७२- कांग्रेस युवा नेता गगन थापाले सुशील कोइराला जीवितै छँदा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको बताएका छन् ।


भृकुटीमण्डपस्थित महाधिवेशनस्थलको मिडिया सेन्टरमा भएको पत्रकार सम्मेलनमा थापाले महामन्त्रीका उम्मेदवारद्वय अर्जुननरसिंह केसी र सशांक कोइरालाभन्दा अघि आफूले उम्मेदवारी घोषणा गरेको उल्लेख गरे । ‘सुशील कोइराला जीवितै छँदा उम्मेदवारी घोषणा गरेको थिएँ,’ उनले भने, ‘कसको छोरा र कसको बुवा लड्नुभएको छ भन्ने विषय होइन ।’

थापाले महामन्त्रीका प्रत्यासी केसी(नाताले ससुरा)लाई जिताउन आफू महामन्त्रीमा उम्मेदवार भएको आरोप प्रतिवाद गरे ।

उनले गणतन्त्र, संघीयता, समावेशीकरण मास्ने अभिप्रायको सशांक कोइरालाको अभिव्यक्तिप्रतिको कडा आलोचना गरे ।

ekantipur

,

news and entertainment