‘नेपाली बाहेक कुनै पनि व्यक्तिलाई नेपालले समातेर बुझाओस’– चीन यस्तो सन्धि चाहन्छ
काठमाडौं, ७ चैत । चीन सरकारले नेपाली नागरिकबाहेक चीनसँग सम्बन्धित मुद्धामा कुनै पनि देशका नागरिकलाई ऊ समक्ष बुझाउनुपर्ने प्रावधानसहित नयाँ सुपुर्दगी सन्धि प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणपूर्व प्रस्तावित नयाँ सन्धिका प्रायः प्रावधान भारतलीे दस वर्षअगाडि गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहेको सर्वदलीय सरकारलाई पठाएको मस्यौदा सन्धिसँग मिल्दा जुल्दा छन् ।
खासगरी २०६३ सालको परिवर्तनयता पश्चिमा शक्ति आइएनजीओ र भारततिरबाट स्वतन्त्र तिब्बत आन्दोलनलाई सहयोग पु¥याउन नेपाली भूमि प्रयोग भएको भन्दै चीनले नयाँ सन्धि प्रस्ताव गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ
