फिचर,
मनोरज्जन
»
नयाँ शक्तिमा लागेपछि सरोजले ‘माओबादी’कथामा फिल्म बनाउदै
नयाँ शक्तिमा लागेपछि सरोजले ‘माओबादी’कथामा फिल्म बनाउदै
काठमाण्डौ । करिब १८ बर्ष अमेरिका बसेर गत बर्ष मात्रै स्वदेस फर्किएका अभिनेता सरोज खनाल पछिल्लो समय पुर्बप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेत्रृत्व गरेको पार्टी नयाँ शक्तिमा प्रबेस गरी राजनितिमा समेत आफुलाई प्रस्तुत गरेका छन् ।एनेकपा माओबादी परित्याग गरी नयाँ शक्ति गठन गरेका बाबुरामको पार्टीमा प्रबेश गरेको केहि समयमा नै अभिनेता सरोज खनालले माओबादी कथामा फिल्म निर्माण गर्न लागेको खबर

सार्बजनिक भएको छ । नयाँ शक्तिमा आएपछि फेरी माओबादी कथामा चलचित्र बनाउन लाग्दा राजनितिमै प्रश्न चिन्ह खडा गरेको छ । अभिनेता खनालले निर्देशक विकास आचार्यसँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रको नाम सार्बजनिक नगरे पनि फिल्मको कथा सबै तयार भईसकेको खबर फिल्मीबृतमा छ । फिल्म माओवादी लिडरको कथामा निर्माण हुने निर्देशक स्वमले जानकारी गराएका छन् । उक्त चलचित्रको ७० प्रतिशत भन्दा बढी छाँयाकन जेल भित्र हुनेछ । साथै चलचित्रमा कुनै गीत समाबेश नगरिने पनि बताईएको छ । निर्देशक आचार्य र निर्माता तथा कलाकार खनालले नयाँ प्रयोगको सुरुवात गर्न लागेको दाबी गरेका छन् । छाँयाकनका लागि लोकेशन हेरिएको छ । चलचित्रमा निर्माता खनाल नै मुख्य भुमिकामा रहनेछन् । नायिका र अन्य कलाकारको नाम भने सार्बजनिक गरिएको छैन ।
filmybazar