संसारकै तेश्राे र एसियाकाे पहिलाे देश नेपाल छानीयाे

काठमाण्डाै । नेपाल विश्वका विभिन्न राष्ट्रलाई पछि पार्दै सवैभन्दा बढी प्रदुषित सहरमध्ये विश्वकै तेश्रो सहरका रुपमा नामाकरण भएको छ । हालै प्रकाशित भएको विश्व प्रदुषण सुचांकका आधारमा नेपाल एसियाको पहिलो र विश्वको तेश्रो स्थानमा रहेको हो । नेपालभन्दा बढी प्रदुषण हुने सहरमा काठमाण्डु भन्दा अघि मासेडोनियाको टेभोगो पहिलो र इजिप्टको सिकायो दोश्रो स्थानमा रहेका छन् ।


केही समयअघि विश्वकै सस्तो सहरमध्ये १० औँ स्थानमा परेको काठमाण्डु प्रदुषणका हिसावले निकै खराब स्थितिमा देखिएको हो । सस्तो सहरको रुपमा चिनिएको काठमाण्डुका पर्यटन क्षेत्रमा यसले नकारात्मक अस पार्न सक्छ । काठमाण्डुमा पुराना र थोत्रा यातायात, चारैतिर अव्यवस्थित फोहर, दुषित नदीनाला आदीका कारण प्रदुषण बढी छ ।

त्यसैगरी भारतको नोयडा र दिल्ली प्रदुषित सहरमध्ये १० औँ स्थानभित्र परेका छन् । नेपालसँगै भारत, बंगलादेश, चीन, पाकिस्तान लगायतका सहर दुषित सहरको २० औँ स्थानभित्र रहेका छन् ।काठमाण्डु टुडेबाट

,

news and entertainment