तातोपानी नाका सुचारु गर्न चीन सहमत
९ चैत, काठमाडौँ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारु गर्न चीन सहमत भएको छ । नेपालले नाका खोल्न गरेको प्रस्ताव चीनले स्वीकारेको र त्यसबारे आज आउने संयुक्त वक्तव्यमा स्पष्ट पारिने बताइएको छ।
गत वैशाख १२ गतेको भूकम्पपछि चीनले यो नाका बन्द गरी खासा क्षेत्रका सबै बासिन्दालाई सिगात्सेमा स्थानान्तरण गरेको थियो । खासाबासी ‘फ्रि तिब्बत’ अभियानमा लागेको अनुमानका कारण पनि चीन यो नाका सुचारु गर्न त्यति उत्साहित भने छैन।
headlines