नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेकी छिन्।
जिपी कोइराला फाउन्डेसन विराटनगरमा सोमबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दैै नेत्री कोइरालाले
राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई अनुरोध गरिन्। सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा कोइरालाले जोड दिइन्।
उनले भनिन्,'अब सबै मिलेर मुलुकको आर्थिक क्रान्तिमा लाग्नुपर्छ।' युवाशक्तिलाई स्वदेशमै रोजगारी दिलाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा कोइरालाको जोड थियो। दलको सहकार्य बिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उनको भनाइ थियो ।
काँग्रेसले दह्रो प्रतिपक्षकै रुपमा बसेर संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कोइरालाले बताइन्।रासस
सुजाताले भनिन्– ‘राजतन्त्र फर्कने सपना नदेखे हुन्छ’
news and entertainment
