भारतसँगको निर्भरता तोडियो नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर

बेइजिङ ८ चैत, – नेपाल र चीनबीच पारवहन तथा सम्झौता भएको छ । बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सकमक्षी ली खछ्याङबीचको भेटवार्तापछि सो सम्झौता भएको हो । सम्झौता पत्रमा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । पारवहन सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा थियो । यो सम्झौतालाई नेपालको हितमा ऐतिहासिक मानिएको छ । चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता अन्त्य भएको छ ।
नेपालले यसअघि भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । तर, संविधान जारी भएपछि नाकाबन्दीका क्रममा उसले तेस्रो मुलुकबाट हुने आयात समेत रोकेको थियो । यो सम्झौताले भारतको दादागिरी समेत कम हुने अपेक्षा गरिएको छ । नेपालको संबिधान जारी भएपछि झण्डै ५ महिना नाका बन्दी गरेर मधेसको नाममा दादागिरी देखाएको भारतलाई पनि यो सम्झौताले गतिलो जवाफ दिएको छ । नेपाल र चिनबीचको सम्बन्ध सधै बिगार्न खोज्ने भारत यसपाली यो सम्झौताले केही चुकेको प्रष्ट भएको छ । इन्धन आयात लगाएतका केही महत्वपूर्ण सम्झौता भए नोपलको भारतसँगको धेरैजसो निर्भरता हट्ने देखिन्छ ।
 NEPAL, NEWS

news and entertainment