नेपाली पर्वतारोहीको हत्या गर्ने १३ जनालाई मृत्युदण्ड दिने पाकिस्तानी सेनाको निर्णय
काठमाडौं, ६ चैत । पाकिस्तानी सेनाले नेपाली पर्वतारोहीको हत्या गर्ने १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।
पाकिस्तानी सेनापति राहिल सरिफले आतंकवादी इर्फान उल्लाहसहित १३ जनालाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको सन् २०१३ जुन २२ मा नंगा पर्वतमा हत्या भएको थियो । सोनाले सन् २००९ मा पनि नंगा पर्वतको आरोहण गरेका थिए । तर सन् २०१३ मा चिनियाँ टोलीसहित पर्वत चढ्न गएका बेला उनी आतंकवादीबाट मारिए । सो टोलीमा रहेका अन्य ८ जना नेपाली शेर्पा भने बाँच्न सफल भएका थिए ।
-dainiknepal
