ट्राफिकको ‘जागिर खाइँदिन्छु’ भन्दै धम्क्याउने डाक्टर कारबाहीमा

काठमाडौं– ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउने एक डाक्टरले ट्राफिक प्रहरीलाई धम्काएका छन् । माइतिघरबाट भद्रकाली तर्फ जाने क्रममा लेन मिचेको अभियोगमा कारबाही गर्न खोज्दा डाक्टरले डिउटीमा रहेका ट्राफिकलाई धम्काएका थिए ।
बुधबार दिउसो ३ बजेतिर नेपाली सेनाको अस्पतालमा कार्यरत डाक्टर सुजितकुमार ठाकुरले डिउटीमा रहेका ट्राफिक प्रहरी जवान लक्ष्मी लामामाथि ‘हामी काहो चिनिनस्’, बढी हुने होइन जागिर खाइँदिउला’ भन्दै धम्की दिएका थिए ।

बा६५प ९९१४ नम्बरको निलो पल्सर चलाएका डा. ठाकुरले लेन अनुसासन मिचेपछि ट्राफिक जवान लामाले बाइकलाई रोकेकी थिइन् । डाक्टरको गाली र धम्कीपछि डराएकी लामालाई अर्की ट्राफिकले आएर सहयोग गरिन् । अर्की ट्राफिकले बाइकको साँचो खोसेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई खबर गरेकी थिइन् । त्यतीबेलासम्ममा बाइकको पछाडी रहेकी महिलाले आफूलाई सांसद हुँ सांसदलाई सडकमा रोक्ने तँ को होस् ? भन्दै गाली गर्न भ्याइसकेकी थिइन् ।
नियम मिच्नेले ट्राफिकलाई धम्काएपछि महानिरीक्षक अर्यालले कारबाही अगाडी बढाउन भने । डाक्टर ठाकुर र सभासद रश्मी ठाकुर श्रीमान श्रीमती हुन् । डिउटीमा रहेका प्रहरी जवानलाई धम्काएको खबरपछि उक्त स्थानमा एक डिएसपी पुगेर लेन मिचेको भन्दै दुई सय रुपैयाँको चिट काटेका छन् । डा. ठाकुरले अब उक्त चिट लिएर लाइसेन्स लिन एक घण्टाको सचेतना कक्षा समेत लिनुपर्ने हुन्छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले लेन अनुसासन मिच्ने जोकोही भए पनि कारवाहीबाट मुक्ति नपाउने बताए । ‘कसैको दबाब र धम्की तथा प्रलोभनका भरमा कारवाही प्रक्रिया रोकिन्न,’ उनले भने, ‘नियममिच्ने जो पनि कारवाहीमा पर्छन् ।’
swasthyakhabar

,

news and entertainment