प्रत्युषा घटनाको अर्को रहस्य खुल्यो, ९ वर्षको छोरा भेटियो !
मुम्बई । गत साता आत्महत्या गरेकी भारतीय टेलिभिजन सिरियल ‘बालिका बधु’की अभिनेत्री प्रत्युषा बेनर्जीसँग जोडिएका रहस्यहरु खुल्दै आएका छन् ।
प्रेमी राहुल राज सिंहसँग असमझदारी भएकै कारण प्रत्युषाले आत्महत्या गरेको भनिए पनि सिंहका छोरा भएको खुलासा भएको हो ।
प्रत्युषाका साथी विकास गुप्ताले राहुलको पहिलो विवाहबाट ९ वर्षको बच्चा रहेको खुलासा गरेका हुन् । प्रत्युषाका पितालेसमेत राहुलको यसअघि नै विवाह भइसकेको कुरा आफूलाई भर्खरै मात्र थाहा पाएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रत्युषाका प्रेमि टेलिभिजन निर्माता राहुल भने अहिले अस्पतालमा छन् । प्रत्युषाले यही अप्रिल १ मा आफ्नै निवासमा आत्महत्या गरेकी थिइन् । उनको मृत्युपछि विभिन्न अड्कलबाजी र रहस्यमय कथाहरु बाहिर आइरहेका छन् ।
आत्महत्यापछि गरिएको अनुसन्धानका क्रममा प्रहरीले प्रत्युषाले लेखेको सुसाइड नोटसमेत फेला पारेको छैन । उनको परिवार मुम्बई बाहिर बस्दै आएको थियो ।
dainiknepal
