आगामी सेप्टेम्वर महिनामा अमेरिकी विदेश मन्त्री केरीले नेपालको भ्रमण गर्ने
अमेरिकी विदेश मन्त्री जोन केरीले नेपालको नयाँ संविधान अत्यन्त लोकतान्त्रिक भएको भन्दै आर्थिक विकासको अभियानमा सहयोग गर्न अमेरिका तयार रहेको धारणा राख्नुभएको छ ।
नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापासंगको छलफलका क्रममा अमेरिकी विदेश मन्त्री केरीले नेपालको नयाँ संविधान निर्माण महत्वपूर्ण उपलव्धि भएको धारणा राख्नुभएको हो ।
नेपालमा सहमतीय राजनीतिक संस्कार विश्वकैलागि उदाहरणीय भएको भन्दै केरीले नेपालका दलहरु आन्तरिक समस्या हल गर्न पूर्णरुपमा सक्षम भएको बताएको नेपाली प्रतिनिधीमण्डलका एक सदस्यले जानकारी दिएका छन् ।
नेपालको आर्थिक विकासमा सवैखाले सहयोग गर्न अमेरिका तयार रहेको पनि केरीले स्पष्ट पारेका छन् । त्यस्तै गरी केरीसंगको भेटमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापाले नेपालको विकासमा अमेरिकी सहयोग आवश्यक आवश्यक भएको बताउँनुभएको थियो । केरीले आउँदो सेप्टेम्वरसम्ममा नेपालको भ्रमण गर्ने चाहना व्यक्त गरेको पनि थापाले जानकारी दिनुभएको छ ।
News24Nepal