राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरीको कीतिमानी जित, साबित्रीको आठ गोल

ललितपुर, १४ बैशाख, सातदोबाटोमा जारी राष्ट्रिय लिग महिला फुटबलको सुपर लिगमा सशस्त्र प्रहरीले शानदार प्रदर्शन गरेको छ । समूह चरणमा त्रिभुवन आर्मीलाई गोल अन्तरले पछाडि पार्दै समूह विजेताका रुपमा सुपर लिगमा पुगेको सशस्त्रले पूर्वाञ्चलमाथि कीर्तिमान रच्ने क्रममा १५–० को जित हासिल ग¥यो ।

साबित्री भण्डारी एक्लैले आठ गरिन् । यो एकै खेलमा  एक खेलाडीले गरेको सर्वाधिक गोल हो । खेलमा सजना रानाले ह्याट्रिक पूरा गरिन् । त्यस्तै लक्ष्मी पौडेलले दुई तथा अनु लामा र अनिता बस्नेतले एक एक गोल गरे ।
aajakokhabar-

,

news and entertainment