मलेखुमा सवारी दुर्घटना, सशस्त्र प्रहरीका इन्सपेक्टर पाठकको मृत्यु
धादिङ, २८ चैत । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट गाउँ विकास समितिको वडा नं १ मलेखुमा आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन घर भई हाल बेनिघाटमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठक रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका पाठकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
dainiknepal
