रमितको मोदी र ओबामालाई चुनौती, ‘बुद्ध नेपालमै जन्मिएका हुन्’

चलचित्रको विशेष प्रदर्शनीमा अचेल नेपाल सरकारका मन्त्रीहरुको उपस्थिती देखिन थालिएको छ । केही दिन अगाडि एक चलचित्र हेर्दा कृषी मन्त्री रोएको खबरले मिडियामा खुबै चर्चा पायो ।

अब, अर्का एक मन्त्रीले सोमबार आयोजना भएको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को विशेष शोमा पुगेर नयाँ घोषणा गरेका छन् । पर्यटन मन्त्री आनन्द पोखरेलले चलचित्रको सबै प्रचार सामाग्रीमा नेपाल सरकारको लोगो राखिने उद्घोष गरेका छन्  । उनले पर्यटन मन्त्रालयको नाम पनि प्रचार सामाग्रीमा राखिने घोषणा गरे ।
उनले अबको केही महिना पर्यटन मन्त्रालय यो चलचित्रको प्रचारमा व्यस्त रहेन घोषणा पनि गरेका छन्  । चलचित्रका निर्माता एवं नायक रमित ढुंगानाका अनुसार यो चलचित्रमा मायाप्रेम, संघर्ष र अमेरिकाको सपनालाई उठाइएको छ । वुद्ध नेपालमै जन्मिएका हुन् भन्ने मुख्य सन्देश चलचित्रले दिएको छ । चलचित्रमा रमित ढुंगाना, अमित ढुंगाना, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्माको मुख्य भूमिका छ ।
यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । कार्यक्रममा नायक रमित ढुंगानाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत चुनौती दिएका छन् । मोदीले वुद्ध भारतमा जन्मिएको भन्दै विश्वमा भ्रम छरेको र अमेरिकाको विभिन्न कलेजमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर गलत सूचना दिइएकोले भारतका प्रधानमन्त्री र अमेरिकाका राष्ट्रपतिलाई यो चलचित्र हेर्न उनले चुनौती दिएका हुन् ।
onlinekhabar

,

news and entertainment