इन्डोनेसियामा ५.५ रिक्टर स्केलको भूकम्प
हङकङ, इन्डोनेसियामा शुक्रबार ५.५ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले बताएको छ ।
इन्डोसियाको तोबेलोबाट ११२ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा गीनव्रीच समयाअनुसार शुक्रबार ४ः५० बजे सो भूकम्प आएको थियो ।
यस भूकम्पको केन्द्रबिन्दु आसपासको इलाकामा ८८.७७ किलोमिटर गहिराइमा रहेको पनि सो निकायले जानकारी दिएको बताइएको छ ।
भूकम्पको विस्तृत विवरणलगायत मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार भने नआएको अधिकारीहरूको भनाई छ । रासस
News24Nepal