च्याम्पियन्स लिगः कसले जित्ला एक अर्ब ८० करोड नगद पुरस्कार
३ बैशाख, काठमाडौं ।
विश्वकै प्रतिष्ठित र सबैभन्दा धेरै राशीको नगद पुरस्कार रहेको च्याम्पियन्स लिगमा आज सेमिफाइनलको लागि स्वीटजरल्याण्डमा ड्र हुँदै छ ।
स्पेनिश रियल म्याड्रिड, एथलेटिको म्याड्रिड, इङलिस प्रिमियर लिगको म्यानचेस्टर सिटी र जर्मनीको लिग लिडर बायर्न म्युनिखबीच फाइनल प्रवेशका लागि कसले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने टुंगो लाग्दैछ । यो ड्र आज बेलुकी सबा ५ बजे स्विटजरल्याण्डको नियोनमा हुन लागेको हो । सेमिफाइनलको पहिलो लेग अप्रिल २६ र २७ हुनेछ । दोस्रो लेग त्यसको एक हप्ता अर्थात मे ३ र ४ मा हुनेछ । लिगको फाइनल भने मे २८ मा इटालीको मिलानको सान सिरोमा हुनेछ ।
आफ्नै भूमिमा ‘राष्ट्रिय लज्जा’सहित क्रिकेट खेल्दै नेपाल ! कारण यस्तो
क्वाटरफाइनलको रियल म्याड्रिडले जर्मनीको उल्फबर्गलाई समग्रमा ३–२ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा रियल २–० ले पछि परे पनि दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गरेपछि रियलले ३–२ ले जित निकालेको हो । रियलले यो उपाधि सबैभन्दा बढी १० पटक जितिसकेको छ ।
अर्को लेगमा गत वर्षको विजेता बार्सिलोना भने ला लिगाकै एथलेटिको म्याड्रिडसँग समग्रमा ३–२ ले पराजित हुन पुग्यो । पहिलो लेगमा २–१ गोलले जिते पनि दोस्रो लेगमा बार्सा २–० गोल अन्तरले पराजित हुन पुग्यो ।
उता बायर्न म्युनिख भने भने दोस्रो लेगमा बेनिफिकासँग २–२ गोलको बराबरी खेल्दै समग्रमा ३–२ ले जित्दै सेमिफाइनलमा पुग्यो ।
उता प्रिमियर लिगकै सिटीले पनि फ्रान्सको लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी)लाई समग्रमा ३–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
गतवर्ष बार्सिलोनाले इटालीको युभेन्टसलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै च्याम्पियन लिगको उपाधि जितेको थियो । यो लिग युरोपका क्लब फुटबलमा शीर्ष चार टिममा रहेका क्लबले खेल्ने प्रतियोगिता हो ।
यो उपाधिको विजेताले १ करोड ५० लाख युरो नगद पुरस्कार जित्नेछन् । जुन नेपाली रुपैयाँमा एक अर्ब ८० करोड तीन लाख ३३ हजार आठ सय ३७ रुपैयाँ हुन आउँछ । फाइनललमा हार्ने क्लबले एक करोड पाँच लाख युरो जित्छ ।
nepaliheadlines