यस्तो छ 'बुद्ध वर्न ईन नेपाल'को मेलोडियस् गीत
रमित ढुङ्गाना स्टारर फिल्म 'बुद्ध वर्न ईन नेपाल'को अफिसियल गीत रिलिज भएको छ । जेठ ७ रिलिज हुने फिल्मले 'अंगालोमा लुकाइ दिउँ की' बोलको गीत रिलिज गरेको हो। गीतमा रमितले अमेरिकन कलाकार न्याटलीसँग अभिनय गरेका छन्।
स्वरुपराज आचार्य र आस्था राउतको स्वरमा सजिएको गीत मेलोडियस बनेको छ। सुरेश अधिकारीद्वारा संगीतवद्ध गीतलाई अमेरिकामा छाँयाकंन गरिएको छ। गीतका रचनाकार विकास विष्टको हुन्।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रमितसँगै अशिष्मा नकर्मी, अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनय रहेको छ।
सेतोपाटी