२०७२ भन्दा २०७३मा खतरा, यस्तो छ ०७३ साल सम्बन्धि भविष्यवाणी
चैत २३, काठमाडौ । २०७२ साल नेपाल र नेपालीका लागि निकै पिडादायिक, कष्टकर, दुःखद् रह्यो । सालको सुरुमै दशौँ हजारले ज्यान गुमाउने गरि ठुलो विनासकारी भूकम्प खेप्नुपर्यो । त्यसपछि महिनौं हिंसात्मक आन्दोलन, नाकाबन्दी, प्रकोप, दुर्घटना र विपतिको सामना गर्नुपर्यो । लामो समयको अन्तराल पछि देशले संविधान पाएता पनि त्यसको कार्यान्ययनको पाटो अझै अन्योल र अस्तव्यस्त छ । यी सवैका बीच ०७३ साल संघार मै उभिसकेको छ । सवैमा यो वर्ष चाही कस्तो होला भन्ने जिज्ञासा र कौतुहलता छ । यही कौतुहलता तथा जिज्ञासा मेटाउन हामीले तोयनाथ पञ्चाग्ङले पात्रोमा समेटेको ०७३ सालको भविष्यवाणी यहा उल्लेख गरेका छौं ।
पन्चांग पात्रोमा लेखिएअनुसार ०७३ सालमा अझ भूकम्प, भूक्षय, भूस्खलन जस्ता प्राकृतिक प्रकोपको सम्भावना बढी देखिएको छ । पात्रोमा ‘जलवायु परिवर्तननको कुप्रभावले, तापक्रमको प्रतिकूलताले सबैतिर अत्यास र निराशा छाउला । अनावृष्टिले बाढी–पहिरोको समस्या निम्त्याउला । भूकम्प, भूक्षय, भूस्खलन, दैवीक विपति, स्थल तथा हवाई दुर्घटनाको पनि सम्भावना रहेको छ ।’ भनिएको छ ।
भूकम्पजस्ता प्राकृतिक प्रकोपलाई ज्योतिषशास्त्रसँग जोडेर हेर्नु हुँदैन भन्ने गरिन्छ तर २०७२ मा ज्योतिषले भनेका भविष्यवाणी मिलेको र ज्योतिषशास्त्रले पनि वैज्ञानिक प्रविधि तथा उपकरणको प्रयाग थालेकाले पछिल्लो समय मानिसमा यसप्रतिको विश्वास बढी रहेको छ
namastenepal
