पत्रकार सूर्यकुमार क्षेत्रीको निधन

पत्रकार सूर्यकुमार क्षेत्रीको निधन
वैशाख-पत्रकार एवं कलाकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ।

क्षेत्री ब्रेन ट्युमरबाट पीडित थिए। डेढ वर्षदेखि उपचाररत क्षेत्रीको बिहीबार राति सवा ९ बजे काठमाडाैंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।


क्षेत्रीले पाल्पाबाट ५७ सालमा पत्रकारिता र सँगसँगै गीत रचना यात्रा सुरू गरेका थिए। पाल्पाका गाउँले देउराली, नवजनचेतना, पाल्पा टाइम्स, श्रीनगर एफएम, पश्चिमाञ्चल एफएममा उनले काम गरे। पत्रिका बितरक (हकर) हुँदै पत्रकारिता यात्रा सुरू गरेका क्षेत्रीले कम उमेरमै निकै संघर्षपूर्ण जीवन यात्रा तय गरेर सफल युवा पत्रकारको छवि बनाए। ‘सुरूमा पत्रिका बितरक भएर काम गरे, पछि आफै जुझारू पत्रकार भएर निस्किए,’ क्षेत्रीलाई पत्रकारिता क्षेत्रमा प्रवेश गराएका हाल अमेरिकामा रहेका पाल्पाली पत्रकार शतिस चापागाँइले भने ‘कम उमेरमा पत्रकारिता र कला क्षेत्रमा उल्लेख्य योगदान गरेर विदा भए।’

पाल्पाबाट राजधानी आएपछि उज्यालो एफएमलगायत अन्य संचार माध्यममा काम गरेका क्षेत्री प्रेस युनियनका सचिव भए।
क्षेत्री नेपालीकला डटकमका सम्पादक हुन्।

स्याङजा पिँडिखोला निवासी क्षेत्रीका श्रीमती र एक छोरा छन्।

परिवार श्रोतकाअनुसार क्षेत्रीको शुक्रबार पशुपति अार्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ।

क्षेत्री सचिव रहेको पत्रकार सम्बद्ध संस्था नेपाल प्रेस युनियनले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।

क्षेत्रीका चर्चित मध्येको एउटा गीत

तिम्ले मलाई छोडेको दिन त

दिउसै सूर्य अस्तायो एकछिन त

के भनौ र खोई..

धोका दिनेलाई के भनौ र खोई

तिमी हाँस भो, मै बसुँला रोई...
nagariknews

,

news and entertainment