भूकम्पका धक्काले नेपालमा खतरनाक समस्या बढाउँदै गएको खुलासा !
काठमाडौँ, १ वैशाख । नेपालमा भूकम्प गएको एक वर्ष पूरा हुँदा पनि यसको परकम्पले मानिसलाई त्यो दिन बिर्सन दिएको छैन । लगातारको कम्पले त्रास हट्न सकेको छैन भने यसले मनोसामाजिक समस्यालाई पनि बढादिएको छ ।
भूकम्पपछि त्रसित भएर भाग्दा गम्भीर मानसिक समस्या उत्पन्न हुनसक्ने मनोचिकित्सकले बताएका छन् । केही वस्तु हल्लँदा पनि डराउने, त्रासको महसुस हुने कारण मानिसमा मानसिक समस्या बढ्दै गएको भनाइ उनीहरुको छ ।
यस्तो समस्याले विद्यार्थी, वृद्धवृद्धा, बालबालिका र महिलामा बढी प्रभाव पारेको छ । उहाँका अनुसार यस्ता मनोसामाजिक समस्याको समयमै निदान नगरिए मानसिक रोगलाई बढाउने खतरा रहन्छ । धेरैले फेरि पनि के हुने हो ? भन्ने डरका कारण आत्मविश्वास गुमाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “भूकम्पका कारण धेरैको दिमाग शून्यतामा पुग्न सक्छ । शून्यताबाट सामान्य अवस्थामा आउन समय लाग्छ । यो बीचमा मानिसले सकेसम्म धैर्य गर्नुपर्छ ।”
कमजोर आँट भएकालाई यस्तो अवस्थाले लामो समयसम्म डर लागिरहने डा ओझाको भनाइ छ । यसलाई चिकित्सा विज्ञानको भाषामा ‘पोस्ट ट्रमाटिक मेन्टल डिसअर्डर’ भनिन्छ । भूकम्प आएसँगै आत्तिएर भाग्दा मानसिक रुपमा मात्र नभई शारीरिक चोटसमेत लाग्ने भएकाले धैर्यता कायम गर्न चिकित्सकहरुले सुझाएका छन् ।
उहाँले अझसम्म पनि मन डराउने, काममा ध्यान नजाने, अज्ञात भयले सताउने जस्ता समस्या लिएर दैनिक चारजनासम्म बिरामी आउने गरेको जानकारी दिनुभयो । “यो त्रासले ल्याएको मनोसामाजिक समस्या हो, त्यसमाथि सञ्चारमाध्यममा आउने खबरले पनि मानिसमा त्रास बढाएको छ,” उहाँले भन्नुभयो ।
यसका लागि मनोपरामर्श दिने सेवा सर्वसुलभ हुनुपर्ने विज्ञहरुको सुझाव छ । मन्त्रालयमा यस विषयमा कुनै छलफल नभएको एक विज्ञले बताए । रासस
dainiknepal
