अनमोलकै चर्चा परिचर्चा
चैत्र २३, २०७२-
‘होस्टल’, ‘जेरी’ तथा ‘ड्रिम्स’ को सफलतापछि अभिनेता अनमोल केसी नेपालका सफल अभिनेताका रूपमा स्थापित भएका छन् । अनमोलको मुख्य भूमिका रहेको चलचित्र ‘गाजलु’ पनि व्यवसायिक रूपमा सफल हुने अनुमान चलचित्र वृत्तमा छ । ‘गाजलु’ मा अनमोलाई मिस नेपाल २०१४ सृष्टि श्रेष्ठले साथ दिएकी छिन् । अभिनय गरेका सबै चलचित्र सफल भएपछि अनमोलको मागसमेत ह्वात्तै बढेको छ ।
यतिबेला उनलाई तीन ठूला ब्यानरले निर्माण गर्ने एउटा नयाँ चलचित्रमा अनुबन्ध गरेका छन् ।
‘नोभेम्बर रेन’ तथा ‘क्लासिक’ का निर्माता सुवास गिरी, ‘ड्रिम्स’ का निर्माता/निर्देशक भुवन केसी तथा गोपीकृष्ण मुभिजले संयुक्त रूपमा निर्माण गर्ने चलचित्रमा अनमोल मुख्य भूमिकामा रहने निश्चित भएको छ । सफलताको स्वाद चाखिसकेका अनमोलले अभिनय गर्न लागेको यो महत्वाकांक्षी चलचित्र यतिबेला चर्चाको विषय बनेको छ ।
saptahik
