चट्याङबाट एकको मृत्यु

काठमाडौ, जेष्ठ १३ - सिन्धुलीको दुर्गम गाविस कपिलकोट–२ स्थित पाङ्ग्रेखोला रातमाटामा सोमबार बिहान परेको चट्याङमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
स्थानीय विद्यालयको ७ कक्षामा अध्ययनरत १२ वर्षीय बाबुराम थिङको घटनास्थलमै मृत्यु भएको विद्यालयका शिक्षक शिव आस्थामी मगरले राससलाई जानकारी दिए ।
चट्याङबाट स्थानीय सन्सार थिङ, विक्रम थिङ र बुद्धिमान थिङ घाइते भएको उनले बताए । घटनास्थल सदरमुकाम सिन्धुलीबाट करिब १५ कोश दूरी टाढा पर्छ ।

news and entertainment