सवारीको ठक्करबाट एकको मृत्यु
बारा, जेष्ठ १३ - त्रिभुवन राजपथ अन्र्तगत पिपरासिमरा ९ स्थित आधाभारको जंगलमा सोमबार बिहान मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
मृतक ३५ बषिर्य पुरुषको सनाखत हुन नसकेको र उनको शव परिक्षणको लागि नारायणी उपक्षेत्रिय असपताल वीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मागेर हिंडदै गरेका ती पुरुषको नम्बर नखुलेको अपरिचित सवारी साधनको ठक्करबाट मृत्यु भएको ईलका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनलाई ठक्कर दिने दिने सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
