आगामी मसिंरको पहिलो हप्ता भित्र निर्वाचन पक्का :चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी
काठमाडौ, जेष्ठ १५ - चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मसिंरको पहिलो हप्ता भित्र संविधानसभा निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि आफ्नो नेतृत्वमा सरकार गठन भएयता निर्वाचन केन्दि्रत भएर काम गरिरहेको दावी गरे ।
गणतन्त्र दिवसका अवसरमा टुडिखेलमा आयोजित विशेष समारोहमा बुधबार सम्बोधन गर्दै उनले निर्वाचन मिति तोक्नका लागि दलहरुसंग छलफल भइरहेको बताए । गणतन्त्र दिवसका दिन निर्वाचनको तिथी तोकिने बहुप्रतिक्षा गरिएपनि त्यस अनुसार रेग्मीले घोषणा गरेनन् ।
'निर्वाचन गराउने प्रमुख उद्देश्यले आफ्नो नेतृत्वमा सरकार गठन भएको हो,' उनले भने 'निर्वाचनका लागि कुनै कसर बाँकी राखिने छैन ।'
निर्वाचन आयोगको पूर्णता देखि निर्वाचन सम्बन्धी विभिन्न अध्यादेश ल्याएको भन्दै उनले कोही पनि मतदानबाट बञ्चित नहोउन भनेर नागरिकता वितरणसंगै मतदाता नामावली अद्यावधिक गर्ने जास्ता कामलाई सरकारले तिव्रता दिएको बताए । उनले निर्वाचनका लागि सुरक्षा तयारी देखि अन्य विभिन्न कामहरु सरकारले गरिरहेको जनाए ।
उनले निर्वाचन कानुनलाई अन्तिम रुप दिन र सबै राजनीतिक दलले निर्वाचनमा भाग लिने वातावरण बनाउन दुई पक्षीय तथा बहुपक्षीय वार्ता तथा छलफलहरु सघन रुपमा भइरहेको बताए । उनले निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठनको तयारी समेत भइरहेको उल्लेख गरे ।