आइजीपी (कुवेरसिंह रानाले) मोडल बन्दा प्रहरीको प्रतिष्ठामा धक्का:
१३ जेठ, काठमाण्डौं । नेपाल प्रहरीका आइजीपी कुवेरसिंह रानाले एउटा व्यापारिक संस्थाको व्यापार प्रवर्द्धनका लागि सुरक्षा फौजको मर्यादा भुलेर मोडलिङ गरेका छन् ।
सहयोग आदान प्रदान गर्ने कुरालाई सहज रुपमा लिइए पनि आइजीपी जस्तो पदलाई विज्ञापनको वस्तु बनाइनु हुँदैनथ्यो, एक प्रहरी अधिकृतले भने ।
आइजीपीलाई सुरक्षाफौजको मर्यादा र आचारसंहिता विपरीत एनसेलको मोडल बनाइएकोमा प्रहरीभित्रै यसलाई राम्रो कार्य मानिएको छैन् । प्रहरी नेतृत्वलाई सहयोग गरेकै भरमा कुनै व्यापारिक संस्थाको स्वार्थमा आइजीपी प्रयोग हुनु राम्रो होइन, आइजीपी विज्ञापनको मोडल बनाउन जसजसले सल्लाह र्दि यो संगठनको हितमा छैनन भन्ने टिप्पणी आउन थालेका छन् ।
