असन्तुष्ट अमिक अन्तै अलप
काठमाडौं। एनेकपा माओवादीमा मनोनित केन्द्रीय सदस्यहरूले पोलिटव्यूरो र स्थायी समिति तथा पदाधिकारीको निर्वाचनमा भाग लिंदा एकजना बरिष्ठ नेता कतै देखिएनन्। कुनै बेला एमाओवादीको शीर्ष तहमा रहेका अमिक शेरचन अहिले गुमनाम छन्। नारायणकाजी श्रेष्ठले एकताकेन्द्र मसाललाई एमाओवादीमा बिलय गराउदा त्यस निर्णयको विपक्षमा रहेका नेता शेरचन पछिल्लो समय अलग पार्टी निर्माणको तयारीमा रहेको चर्चाले माओवादी पंक्तिमा खैलाबैला मच्चाएको छ। नारायणकाजीले माओवादीमा बिलय हुने निर्णय गराउदा अमिक, लिलामणि पोखरेल, घनश्याम शर्मा पौडेल लगायतका नेताहरूले विरोध गरेका थिए। पार्टी एकतामै सहभागी नभएका कारण घनश्याम शर्मा एमाओवादी पक्तिमा निकै लो प्रोफाइलमा छन्। पछिल्लो समय अमिक शेरचन पनि एमाओवादीसंगको आबद्धता त्याग्ने मुडमा पुगेको उनको पारिवारिक सूत्रले जनाएको छ। उनीमाथि अलग्गै पार्टी बनाउन समेत दबाब परिरहेको स्रोतले जनाएको छ। स्वास्थ्यका कारण धेरै सक्रिय हुन सक्ने शेरचन के गर्ने भन्ने दोधारमा छन्।
भट्टको बोली बन्द
सुदूरपश्चिम प्रवेश गर्ने एनेकपा माओवादीका नेताहरूलाई कालोमोसोले स्वागत गर्नुपर्छ भनेर घोषणा गरेका एमाओवादी पोलिटव्यूरो सदस्य लेखराज भट्टले प्रचण्ड कैलाली पुगेका बेला मौनता साधेको प्रसंगले एमाओवादीमा चर्चा पाएको छ। स्थायी कमिटी सदस्यमा प्रचण्डले नियोजित रुपमा आफूलाई हराएको भन्दै भट्टले पार्टीबाट राजीनामा दिएका थिए। उनले सुदूरपश्चिममा जिम्मेवारी लिएर आउने माओवादी नेतालाई कालोमोसोले स्वागत गर्ने चेतावनी दिएका थिए। गत साता अचानक कैलाली पुगेका प्रचण्डले लेखराजलाई भेटेर केही आश्वासन दिएको आशंका कार्यकर्ताले गरेका छन्। उता स्थायी समिति सदस्यमा हारेपछि एमाओवादीमा बिच्किएका रामचन्द्र झा, उर्मिला अर्याल लगायतका चैतेहरूको रुवाबासी चलेको छ। उनीहरू छाडेर जाने ठाउ पनि नभएको र माओवादीमा अपमान खेप्नुपरेको भन्दै गुनासो गरेर हिडेका छन्।
बाबुरामका बबुरा
एमाओवादी नेता बाबुराम भट्टराईलाई उनकै अनुयायीहरूले धेरै भर नभएको नेता भन्ने गरेका थिए। र, उनको साथ लाग्नेहरू त्यही कारण विस्तारै छोड्ने गरेका छन्। केही दिन पहिलासम्म नयाँ शक्ति निर्माण गर्ने नारा दिएर कार्यकर्ता उचालेका भट्टराईले अहिले साथ दिन छाडेका छन। संविधान लेखन मुख्य कार्यभार भनेर पार्टीको प्रशिक्षणमा पनि जान छाडेका छन्। आफैले माग गरेर आफ्नो विचार तल्ल कमिटीसम्म लैजान पाउनुपर्ने तर्क पार्टीले स्वीकार गरेको थियो। तर, भट्टराई नै अहिले प्रशिक्षणमा गएका छैनन्। र, हिजो आफूलाई साथ दिएका आफ्नैहरूलाई वास्ता गर्न छाडेका छन्।
भट्टराईले संविधानसभा मुख्य कार्यभार भन्दै पार्टीको प्रशिक्षणमा जान छाडेपछि विराटनगर सम्मेलनमा बाबुरामलाई साथ दिई वैठक बहिस्कार गरी संगठनभित्र संगठन बनाउन क्रियाशील नेताहरू अहिले वल्लो घाट न पल्लो तीर भएका छन्। देशभरी भएका विभिन्न प्रशिक्षणमध्ये भट्टराई ३ वटा प्रशिक्षणमात्रै सहभागी भएका थिए। पार्टीको काम भट्टराईको सक्रियता कम हुन थालेको भन्दै उनीनिकट एक नेताले आफूहरू जटिलतामा फँसेको गुनासो गर्न थालेका छन्।
‘बाबुराममा लेख लेख्ने र पुस्तिका निकालेर पार्टी बाहिरबाट लड्ने प्रवृत्तिमात्रै देखियो, पार्टीभित्र तयार भएको वातावरणलाई उपयोग गर्न बाबुरामले चाहेको देखिएन’ उनले भने। भर्खरै बाबुरामले नयाँ शक्ति भनेर आफ्ना भाषण र लेखको संकलन गरेर पुस्तक प्रकाशन गरेका छन्। पार्टीको प्रशिक्षणमा नजाने तर बाहिर मिडियावाजीमात्रै गर्ने प्रवृत्ति गलत भएको भन्दै उनीनिकट नेताहरू नै आक्रोशित हुन थालेका छन्।
केही दिन पहिला गंगा श्रेष्ठ, हेमराज भण्डारी र प्रभु साहले संगठनभित्र संगठन भनेर एउटा खाका तयार पारेका थिए। त्यसरी खाका तयार गर्नेलाई कारबाही गर्ने अध्यक्ष प्रचण्ड पक्षले बताइरहेका बेला त्यसलाई बचाउने प्रयासमा पनि बाबुराम नदेखिएको उनीहरूको गुनासो छ। ती नेतालाई पार्टीले कारबाही गरेको अवस्थामा के हुन्छ? भन्दै बाबुरामनिकट नेताहरूले आक्रोश पनि पोख्न थालेका छन्।