विषालु सर्पको टोकाइबाट एक वृद्धको मृत्यु


गोलबजार (सिरहा), जेष्ठ १३ - सिरहाको चन्द्रोदयपुर गाविसमा विषालु सर्पको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ ।
गोमन सर्पले टोक्दा चन्द्रोदयपुर गाविस– ५ पानवारी टोलका ६५ वर्षीय नन्दित तामाङको मृत्यु भएको हो ।
आइतबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा तामाङलाई सर्पले टोकेको थियो । सर्पले टोकेको एक घण्टापछि उनलाई उपचार गराउन चोहर्वास्थित नेपाली सेनाको सर्पदंस उपचार केन्द्र पुर्याएको थियो ।
ढिलो पुर्याएको कारण त्यहाँ उपचार सम्भव नहुँदा धरान लैजाने क्रममा बाटोमा तामाङको मृत्यु भएको स्थानीय रामनारायण यादवले बताए ।
केही दिनयता गर्मी बढेपछि सर्पको बिगबिगी बढेको छ । चार दिन अगाडि पनि सिरहाको गुरुधामको विषालु गोमन सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको थियो । 
 

news and entertainment