भूत आतङ्क:प्रहरीको पुष्टि

१२ जेठ, विराटनगर । सुनसरी जिल्लाको बाङ्गे गाविसको रायटोलमा भूत आतङ्कले स्थानीयवासी त्रसित भएका छन् प्रहरीले पनि यसको पुष्टि गरेको छ ।
लगातार चार दिनदेखि सो टोलमा रहेको घरभित्रै भूत पसेर स्थानीयवासीलाई चिथोर्ने, हिर्काउने र धकेल्ने गरेको बताइएको छ । अहिलेको अवस्थामा भूतप्रेत छैन भन्नेहरुका लागि यो घटनाले चकित तुल्याएको छ । मानिसको छायाँ आउने, छायाँ सँगसँगै हात आउने र हातले चिथोर्ने, हिर्काउने, धकेल्ने गरेको स्थानीय रामदेव रायले बताउनुभएको छ । 

news and entertainment