बंगलादेशमा भवन भत्किँदा मर्नेको संख्या १ हजार नाध्यो
एक आर्मीका प्रमुखले दिएको जानकारी अनुसार उक्त भवनमा अझै पनि शवहरू फेला पर्न सक्ने छ । उनले आफूहरुले जति भवनका भग्नावशेसहरू हटाउँदै गएका छौ त्यति नै त्यहाँबाट मानिसहरुको शव फेला पर्ने क्रम जारी छ । अझै धेरै काम बाँकी रहेकाले आफूहरूले थप शवहरू भेट्न सक्ने सम्भावना रहेको बताएका छन् ।
अधिकारीहरुले उक्त भवन कच्चा र कुनै डिजाइन बिना बनाइएको र माथील्लो तलामा निकै ठूला-ठुला गेनेरेटर समेत राखिएकाले उक्त लोड धान्न नसक्दा उक्त भवन भत्किएको दावी गरेका छन् ।
बंगलादेशी सरकारले आफूहरुले १८ वटा गार्मेन्ट कम्पनीहरू बन्द गरेको बताएको छ । सुरक्षाका दृष्टीले कमजोर मानिएका ती कम्पनीहरु केही समयका लागि बन्द गरिएको बताइएको छ ।
