उपत्यकाको सडकमा अख्तियारले छानविन गर्ने


५ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सडक विस्तारका विषयमा जनगुनासो आएको भन्दै आइतबार छानिविन समिति गठन गरेको छ । आयोगका सहन्यायधिवक्ता बद्रीप्रसाद गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको हो ।
काठमाडौं उपत्यकामा सडक विस्तार गर्दा एउटै बाटोमा सडकको फुटपाथ र चौडाइमा एकरुपता नभएको व्यापक जनगुनासो तथा सञ्चारमाध्यममा समाचार आएको भन्दै सत्य तथ्य पत्ता लगाउन समिति बनाएको आयोग आयोगको भनाइ छ । समितिलाई ७ दिनको म्याद दिइएको छ ।
सुनको अभावबारे जवाफ दिन राष्ट्र बैंकलाई पत्र
यसैगरी अख्तियारले सुन खरीद गर्न नपाएको जनगुनासोबारे ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । सुनको गुणस्तर र नापतौललाई कसरी विश्वसनीय बनाउन सकिन्छ भन्नेबारे प्रतिवेदन पेश गर्न नेपाल गुणस्तर तथा नापतौल विभागलाईसमेत आयोगले पत्र पठाएको आयोगका प्रवक्ता कृष्णप्रसाद ढुंगानाले बताउनुभयो ।

news and entertainment