रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका शिर्ष नेताबीच आज बिहान छलफल -
काठमाडौं, जेष्ठ २५ - मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरीय राजनीतिक समितिका शिर्ष नेताबीच आज बिहान छलफल भएको छ । मन्त्रिपरिषद् अध्यक्ष निवास बालुवाटारमा डेढघण्टा चलेको बैठकमा निर्वाचन अध्यादेशबारेको विवादित बिषयमा छलफल भएको थियो ।
छलफलमा अध्यक्ष रेग्मीले दलहरुलाई चाँडो सहमति गर्न आग्रह गरेको रेग्मीका प्रेस सहयोगी राजेन्द्र पाण्डेले जानकारी दिए ।
हिजोको बैठकमा पनि दलहरुबीच अध्यादेशको विवादित बिषयमा निकास ननिस्किएपछि सरकारलाई विवादित बिषय छाडेर अध्यादेश तयार गर्दै गर्न आग्रह गरेका थिए ।
भेटमा सहभागी नेताहरुले दलहरुबीच अध्यादेशबारे छलफल जारी रहेकाले चाँडै सहमतिमा पुग्ने बताए । हिजो बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भएको छलफलबारेसमेत नेताहरुले रेग्मीलाई जानकारी गराएका थिए ।
छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका तर्फबाट नेता महन्थ ठाकुर र बिजयकुमार गच्छदार सहभागी थिए ।
दलहरुबीच निर्वाचन अध्यादेशमा थ्रेसहोल्डको व्यबस्था, फौजदारी अभियोग लागेकाको उमेदवारी, सम्पति सार्वजनीकीकरणजस्ता बिषयमा विवाद छन् । दलहरुको विवादका कारण आगामी चुनावको मिति घोषणा हुन सकेको छैन् ।