प्रेम बिनाको सेक्स वासना मात्रै : शर्लिन

नयाँदिल्ली, जेठ। बलिउडमा विवादास्पद छवि बनाएकी मोडल तथा अभिनेत्री शर्लिन चोपडा पुनः एक पटक विवादास्पद भनाईका कारण चर्चामा आएकी छिन्। यतिबेला बलिउड फिल्म ‘कामसुत्र ३ डी’मा ब्यस्त शर्लिनले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिंदै प्रेम बिनाको सेक्स वासना मात्रै हुने बताएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सेक्सको मजा त्यतिखेर आउँछ, जब आफ्नो ‘पार्टनर’सँग प्रेम गरिन्छ भन्दै शर्लिनले बिना प्रेमको सेक्स वासना बाहेक केही नहुने बताएकी हुन्। उनले पार्टनरसँग प्रेम बिनाको सेक्समा आनन्द नआउने समेत बताएकी छिन्।

शर्लिनले सेक्सले प्रेमलाई थप गहिरो बनाउने समेत बताएकी जनाइएको छ। यसअघि आफूले कयौं पटक ‘पेयड सेक्स’ गरेको प्रतिक्रिया दिएर चर्चामा रहेकी उनले चर्चित अन्तर्राष्ट्रिय पुरुष पत्रिका ‘प्लेब्वाई’मा न्यूड फोटोसुट समेत गराईसकेकी छिन्।

तथापी अहिले भने उनी आफ्नो फिल्म ‘कामसुत्र ३ डी’मा ब्यस्त छिन्। जसमा उनको धेरै न्यूड दृष्य भएको अनुमान गरिएको छ ।

news and entertainment