बार्सिलोना आएपछि नेयमारले भने –सपना पुरा भो

२१ जेठ, काठमाडौं । ब्राजिलियन स्ट्राइकर नेयमारले बार्सिलोनासँग पाँच बर्षे सम्झौता गरेका छन् । सन्तोषबाट सोमबार बार्सिलोना आएका २१ वर्षीय नेयमारले मेडिकल टेष्टपछि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बार्सिलोनाका हजारौं समर्थकका बीचमा नाउ क्याम्पमा आफ्नो खेल कौसल देखाएपछि नेयमारले आफ्नो सपना पुरा भएको बताएका छन् । विश्वको उत्कृष्ट खेलाडीहरु हतार नभएको भन्दै उनले भनेका छन्–‘विश्वको उत्कृष्ट हुने चिन्ता मलाई छैन । किनभने उत्कृष्ट खेलाडी अहिले नै छ र उनी मेस्सी हुन् ।’
उनले मेस्सीसँग खेल्न पाउने आफू एक भाग्यमानी भएको बताए । उनले मेस्सीलाई उत्कृष्ट फुटबलर बन्न सहयोग गर्ने समेत बताएका छन् । चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँगै इङ्ग्लिस क्लब चेल्सी र च्यानचेष्टर सिटीलाई पछि पार्दै बार्सिलोनाले नेयमारलाई ५७ मिलियन युरोमा क्लबमा भित्र्याएको हो । नेयमारले ब्राजिलका लागि २० खेलबाट ३३ गोल गरिसकेका छन् ।

news and entertainment