खाडीमुलुक नेपालीका लागि अवसरको खानी बन्दै

कतारको पाँचतारे होटलमा एक नेपाली विदाका दिन (शुक्रबार) वियर पिउँदै गरेको अवस्थामा भेटिए । उनी विदेशमा आएका नेपालीहरुले के राष्ट्रियताका कुरा गर्ने यार, हामी त नेपालले नपत्याएका नेपाली हौं भन्दै वियरसँगै आफ्नो तिक्तता ओकल्दै थिए । उनी भन्दै थिए-’नेपालले मलाई ३ हजारको जागिर पत्याउन सकेन र अहिले कतारमा काम गर्न आएको छु ।’ आज मेरालागि खाडी कर्मभूमी र जिबिकोपार्जनको उर्भरभूमी भएको छ, मैले अब किन नेपाल भनेर खोक्रो राष्ट्रियता देखाउने ?’

उनले खुलेर आफ्नो परिचय त गराए तर मिडियामा सार्वजनिक नहुने शर्तमा । उनी भन्दै थिए- ‘मिडियामा सार्वजनिक भयो भने आफ्नो स्वतन्त्रता खोसिन्छ ।’ उनी कतारमा रहेका नेपाली मार्केटमा पनि बाहिर आउन चाहँदैनन् । उनलाई न राजनीति गर्नु छ, न त प्रचारमा आएर कुनै ठूलो व्यक्ति बन्नु नै छ । अहिले उनी आफ्नो काम र व्यक्तिगत जीवनप्रति औधी खुशी छन् ।

news and entertainment