शाहीकालका वनमन्त्री अन्सारी एमाओवादी प्रवेश
१८ जेठ, वीरगञ्ज । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष एंव शाहीकालका वनमन्त्री सलीम मिया अन्सारी एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नु भएको छ ।
बाराको बरियारपुरमा शनिबार माओवादीले आयोजना गरेको आमसभामा अन्सारी आफना तीन सय कार्यकर्तासहित एमाओवादीका प्रवेश गर्नु भएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्सारीलाई अवीर टीका लगाएर पार्टीमा स्वागत गर्नु भयो ।
एमाओवादी प्रवेशपछि आमसभालाई सम्बोधन गर्दै अन्सारीले कांग्रेस र एमालेलाई टायर पन्चर भएको र बिग्रेको गाडीको संज्ञा दिनु भयो । मधेशवादी दलहरुले पनि सत्ता र पैसाका लागि मरीहत्ते गरेकोले मधेशी जनताको अपेक्षा पुरा हुन नसकेको आरोप लगाउनु भयो ।
एमालेमा रहँदा बाराको क्षेत्र नम्बर ४ बाट दुई पटक संासदमा विजयी भएका अन्सारी पूर्व राजा ज्ञानेन्द्र शाहको शाही शासनका बेला वनमन्त्री बन्नु भएको थियो ।