मृत्यु भएका सुरक्षाकर्मी र आन्दोलनकारीका परिवारलाई १०–१० लाख दिइने
मृत्यु भएका सुरक्षाकर्मी र आन्दोलनकारीका परिवारलाई १०–१० लाख दिइने
आश्विन १, २०७२- सरकारले विभिन्न आन्दोलनको क्रममा मृत्यु भएका सुरक्षाकर्मी र आन्दोलनकारीका परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले थप २८ वटा नगरपालिका बनाउने निर्णय गरेको छ । संविधान घोषणको खुशीयालीमा असोज ३ र ४ गते बिदा दिने निर्णयसमेत गरेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
त्यसैगरी, बैठकले सचिवहरुको समूह अनुसार जिम्मेवारी छुट्याउने निजामति सेवा नियमावलीसमेत पारित गरेको छ ।
बैठकले सीमांकनलगायत विषयमा असन्तुष्ट समूहले देशभर गरेको आन्दोलनका घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।
सरकारले विशेष आर्थिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट नियुक्त गरेको छ ।
त्यसैगरी, प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम बैठकले स्वीकृत गरेको छ । प्रधानमन्त्री कोइराला राष्ट्रसंघको महासभामा भाग लिन असोज ८ गते न्यूयोर्क जाँदैछन् ।
oneline
