थाई एयरको जहाजको चक्कामा आगो लाग्यो





सुवास गोतामे |
२०७२ आस्विन १ शुक्रबार



फोटो :आगो लागेको जहाजको चक्का मर्मत गर्दै प्राविधिकहरु ।


काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान अवतरण गर्ने क्रममा थाई एयरको जहाजको चक्कामा आगो लागेको छ ।

 बैंककबाट आएको थार्इ एयरको विमान त्रिभुवन विमानस्थलम अवतरण गर्ने क्रममा पछाडिको दायाँ चक्कामा आगो लागेर धुवाँ निस्केको हो ।

 एक सय भन्दाबढी यात्रु बोकेर काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा एक्कासी चक्कामा आगो लागेको थियो ।

 चक्कामा आगो लागेको थाहा पाएपछि विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई ओरालेको थियो ।

 विमानस्थलका प्राविधिकले जाँच गरेर चक्कामा लागेको आगो निभाएका थिए ।

 विमानस्थल स्रोतका अनुसार जहाजको चक्कामा आगो लागेपछि केहीबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।

 चक्कमा लागेको आगो प्राविधिकहरुले नियन्त्रणमा लिइसकेको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

 विमानका सबै यात्रु सकुशल रहेका विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
annapurnapost

,

news and entertainment