वीर अस्पतालको इमर्जेन्सीमै डाक्टर छैनन्, मेडिकल कलेजमा विद्यार्थी अभाव

२४ जेठ, काठमाण्डौं । बुधबार राति आकस्मिक कक्ष पुर्‍याइएका बिरामीले बिहानसम्म डाक्टर देख्न पाएनन् । देशकै जेठो, ठूलो र आमपहुँचको उपचारस्थल वीर अस्पतालमा यो नौलो घटना भने होइन ।

दिनहुँ हजारौ विरामीको ओइरो लाग्छ तर, वीरको आकस्मिक कक्षमै धेरैजसो डाक्टर भेटिदैनन् । एक त चाहिनेजति दरबन्दी नै छैन, भएका पनि ड्युटीमा आउँदैनन । राजनीतिक पहुँचमा जागिर खाएकालाई नेतृत्वले न काम अह्राउने ह्याउ राख्छ, न कारबाहीकै हिम्मत गर्न सक्छ ।

‘बुधबार राति ड्युटीमा बस्ने डाक्टर नै भएनन्,’ जति माग गर्दा पनि सुनुवाई नभएपछि बिहीबार नै राजीनामा दिएका विभागीय प्रमुख डा. डिपी सिंहले भने, ‘साँझ ड्युटी सकिएकालाई राति ११ बजेसम्म राख्यौं, त्यसपछि अर्का एक कन्सल्ट्यान्टलाई अनुरोध गरेर इमर्जेन्सी चलायौं,’ नागरिक दैनिकमा खबर छ । आकस्मिक कक्षस्रोतका अनुसार डाक्टर नभएकैले तत्काल उपचार नहुँदा बिरामीको मृत्युसम्मका घटना बढीरहेका छन् ।

मेडिकल कलेजमा विद्यार्थी अभाव

चिकित्सा विज्ञान अध्ययन (एमबीबीएस) अध्यापन गराउने राजधानीबाहिरका १३ मेडिकल कलेजले विद्यार्थी अभाव खेपी रहेका छन् । विद्यार्थीको पहिलो प्राथमिकतामा राजधानीकै कलेज परेपछि मोफसलका कलेज विद्यार्थी तान्न राजधानीका इन्टिच्युटमा भर पर्न थालेको कारोबार दैनिकमा खबर छ ।

एमबीबीएसको पूर्वतयारी कक्षा सञ्चालन गर्ने राजधानीका इन्टिच्युटबाहेक ती कलेजसँग अरु विकल्प छैन् । यस्ता इन्टिच्युटले मोफसलका कलेजमा विद्यार्थी सिफारिस गर्ने गरेका पनि छन् ।

news and entertainment