नेपाली महिलाहरु sex मा रमाउन नसक्नुका कारणहरु के-के हुन त?

नेपाली महिलाहरूलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ। विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरुषसँगको सम्बन्ध पाप हो, पुरुषहरूको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ। पढेलेखेका महिलाहरूलाई सेक्सका बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरू खुलेर रमाइलो गर्न सक्दैनन्। तपाईंले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएकै होला। त्यसको कारण उनीहरूमा विद्यमान सेक्सप्रतिको वितृष्णा नै हो। जबकि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो।कतिपय युगल जोडी धेरै झगडा गर्छन्, यस्तो लाग्छ, उनीहरू तुरुन्तै छुट्नेवाला छन्, तर वर्षौंसम्म पनि उनीहरू सँगै हुन्छन्, यसको कारण के होला ? 

यसको कारण पनि सेक्स नै हो। तपाईं हामी सबैले दर्जनौ यस्ता जोडी देखेका छौं, जो यति झगडा गर्छन्, कुटाकुट गर्छन् कि भोलि नै छुट्न सक्छन् भन्ने हामीलाई लाग्छ। वास्तवमा उनीहरूलाई छुट्टिन नदिने कारण सेक्स नै हो। सेक्सका बेला यी दुईबीच जुन प्रेम प्रकट हुन्छ, त्यो छुट्टिसकेपछि नपाइने मनोविज्ञानका कारण उनीहरू जे-जस्तो सहेर पनि बसिरहेका हुन्छन्। सेक्सका समयमा शारीरिक सुगन्ध एक -अर्काले वर्षौसम्म पाएका हुन्छन्, छाला-छालाबीचको घर्षण पि्रय हुन्छन्। कतै न कतै त्यो पि्रय क्षण मनको अन्तरमा बसेको हुन्छ, त्यसैले उनीहरूलाई छुट्टनि दिएको हुँदैन। एक जना लेखकले कतै भनेका छन्, नजिकै प्रहरी चौकी छ, 

सहयोग गर्ने वकिलहरू छन्, प्रशस्त कानुन छ, यद्यपि एउटी महिला पुरुषको यातना खेपेर वर्षौदेखि बसिरहेकी छे। किन ? किनभने ऊ त्यो व्यक्तिको सेक्समा रमाएकी छे। 

नेपालका सहरी क्षेत्रमा महिला-पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग पनि भएको सुन्न पाइन्छ, यसलाई कसरी लिनुभएको छ ? सहरमा सेक्स टोयका सामग्री बेचबिखन हुन थालेका छन्। सुरु-सुरुमा मलाई पनि सेक्स टोयमा युवाहरू मात्र जान्छन् कि भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै वर्गका मानिस पुग्दा रहेछन्। यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको दे खिन्छ। यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुई जनाबीचको यौन व्यवहारले छुट्याउने कुरा हो। यौन क्रियाकलापका बेला दुबै जना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरूका लागि अप्राकृतिक भए पनि राम्रो हुन्छ, 

सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो। अहिले गुदामैथुन, मुखमैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाईंको अध्ययनमा के पाउनुभएको छ ? विदेशमा विशेषगरी शिक्षित जोडीहरू सेक्समा समान सहभागिता खोज्छन्। त्यहाँ सेक्स भनेको मेकिङ लभ हो। यदि कुनै पुरुषलाई मुखमैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यही रूपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन्। फलस्वरूप महिलाहरू पनि त्यति नै रमाइलो मान्छन्। नेपालमा भने महिलाहरू आफ्नो सन्तुष्टिको अधिकारका सम्बन्धमा त्यति सचेत छैनन्।
त्यसैले आफ्नो पार्टनरले मुखमैथुन वा गुदा मैथुनको कुरा गर्‍यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन्। त्यसमाथि उनीहरूको मनमा सेक्स भन्नेबित्तिकै पुरुष लिङ्ग महिला योनिमा जाने कुरा मात्र मनमा गढेको छ। सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो। 

किशोरीहरूमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि हो भन्ने गरिएको छ, खासमा यो के हो ? किशोरवयमा अचानक बेहोस हुने वा अन्य क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो। वास्तवमा यो यौनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ। आजभोलि यसलाई कन्भर्जन डिस्अर्डर भनिन्छ। पहिले हिस्टेरिया भएका युवतीको विवाह गरिदिँदा यो रोग हराएको पाइयो। कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टिसँग सम्बन्धित हो भनेर व्याख्या गरियो, यद्यपि आजभो लि यौन असन्तुष्टिलाई मात्र यसको कारण मानिएको छैन, जुनसुकै तनावका कारण पनि हिस्टेरिया हुन सक्छ। 

विवाहको केही वर्षपछि पुरुषहरू आफ्ना श्रीमतीको यौन चाहना कम भएको गुनासो गर्छन्। उनीहरू परस्त्री गमन गर्न थाल्छन्, फलस्वरूप परिवार नै विखण्डनको अवस्थामा पुग्ने गरेको छ। यसको खास कारण के हो ? विवाहको पहिलो वर्ष महिलाहरू श्रीमान्प्रति जति समर्पित हुन्छन्, त्यसमा सन्तान जन्मिएपछि कमी आउँदै जान्छ। उनीहरूको ध्यान श्रीमान्भन्दा छोरा-छोरीप्रति जान्छ तर पुरुषले श्रीमतीबाट त्यही व्यवहार चाहन्छ। त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ। मकहाँ आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन्। त्यसैले पनि मलाई पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसँग सम्बन्धित हुन्छ भन्ने लाग्न थालेको छ।

news and entertainment