बिहे भएको लामो समयसम्म पनि नायिका विनिता बरालले यो घटनालाई लुकाउँदै आएकी
छिन् । तर अनलाइनखबर श्रोतले विनिताको ‘सुपरहिट’ निर्देशक निरञ्जन
पाण्डेसँग केही समय अघि नै बिहे भएको जनाएको छ ।
चलचित्र
‘सुपरहिट’को छायांकन अघिदेखि नै नायिका विनिता बराल र निरञ्जन नजिक भएका
हुन् । सिनेमाको छायांकन सकिए लगतै विनिता बैबाहिक जीवनमा बाँधिएको बताइन्छ
। विनिता र निरञ्जन यतिबेला बानियाँटारमा बस्दै आएका छन् । बानियाँटारमा
निरञ्जनको घर छ ।
विनिताले सुरु गरेको अर्गानिक खेतीमा उनी, निरञ्जन
र निरञ्जनका पिताले संयुक्त रुपमा काम गर्दै आइरहेका छन् । विनिताले भने
अन्य २ साथीसँग मिलेर तरकारी खेती सुरु गरेको बताउँदै आएकी थिइन् ।
निरञ्जनका
केही परिवारका सदस्य नै चितवनस्थित विनिताको घर पुगेर बिहे गराइदिएका थिए ।
तर सम्बन्ध बिग्रने र चलचित्रलाई असर पर्ने भयले यि दुइले बिबाहको बिषयलाई
लुकाउँदै आएका थिए । अहिले लाजिम्पाटमा उनीहरुले तरकारी पसल संचालनमा
ल्याएका छन् भने निरञ्जनको अफिस पनि यही नै छ । यता नायिका विनिता बरालले
भने बिहेको बिषयमा हो या होइन केही भन्न चाहिनन् । उनले हाँसेर मात्र
टारिन् ।
विनिता र निरञ्जनको सुटुक्क बिहे
news and entertainment

