राँगोको वीर्य बचेर वार्षिक ६४ लाख आम्दानी

भारतको हरियाणाका एक पशुपालक किसान राँगोको वीर्य बचेर वार्षिक ६४ लाख कमाउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार कुरुक्षेत्रका करमवीर सिंहले पालेको मुर्रा जातको उक्त राँगोको वीर्यको माग उत्तर प्रदेशमा धेरै छ ।

सिंहले राँगोको नाम ‘युवराज’ राखेका छन् । यही नामले भारत उत्तर प्रदेशमा उक्त राँगोले ख्याति पनि कमाएको छ । विशेष गरी भैसीपालक किसानहरु माझ ।
‘युवराजको वीर्य बेचेर हाम्रो वार्षिक आम्दानी ४० लाख रुपैयाँ (नेपाली ६४ लाख बराबर) छ’, ‘यसको वीर्यको माग पञ्जाब, उत्तरप्रदेश, राजस्थान लगायतका राज्यमा छ ।’करमवीर सिंहले भने
उनले पाँच वर्ष अघि देखि उक्त राँगोको वीर्य बेच्दै आएका छन् । उनका अनुसार एक खुराक (डोज) वीर्य ३०० रुपैयाँमा बिक्री हुन्छ । सिंहले वार्षिक १५ हजार देखि २० हजार खुराक वीर्य बिक्री हुने जानकारी दिए ।
स्थानीय पञ्जाब राज्य किसान आयोगका डेरी विशेषज्ञ अनिल कौराले भारतीय सञ्चारमाध्यमलाई बताए अनुसार मुर्रा भैसीले अरु सामान्य भैसीले भन्दा २००० लिटर बढी दुध दिने भएकोले किसानहरु उक्त वीर्य प्रयोग गराउन प्राथमिकता दिन्छन् ।

, ,

news and entertainment