पूरानै भूल दोहोरिने र संविधान नबन्ने खतरा
६ फागुनमा संविधानसभा बैठकमा बोल्दै एमाओवादी अध्यक्ष दाहालले संविधानसभा अध्यक्षमा फेरि पुरानै व्यक्तिको चयनले पूरानै समस्या दोहोरिनसक्ने बताएका छन् ।
उनले भने “हामीबाट पूरानै भूल दोहोरिने र संविधान नबन्ने खतरा रहन्छ ।”
उनले पहिलो संविधानसभाको म्याद समाप्त हुने दिन तत्कालिन अध्यक्ष नेम्बाङले संविधानसभाको बैठक बोलाउन नसकेको भन्दैअब त्यस्तो अवस्था आएमा संविधानसभाबाटै निर्णय गर्ने प्रतिज्ञा लिन जरुरी रहेको समेत बताए । दाहालले भने, “त्यो गल्ती दोहोर्याउने छैनौं भन्ने संकल्प लिन जरुरी छ ।”
दाहालले सभामुखमा उम्मेदवारी नदिनुलाई आफ्नो कमजोरी नठान्न अन्य दलहरुलाई चेतावनी समेत दिएका थिए ।
उन्नत संस्कार देखियोः ओली
संविधानसभा बैठकमा बोल्दै नेम्बाङका प्रस्तावब एमाले संसदीय दलका नेता केपी ओलीले संविधानसभा अध्यक्षका लागि सबै दलहरुले सुवास नेम्वाङप्रति सहमति देखाएको भन्दै उन्नत संस्कारको विकास भएको बताएका छन् ।
अन्य दलहरुले उम्मेद्वारी नदिएर समझदारी देखाएकोमा धन्यवाद दिंदै ओलीले भने, “सबै दलले उन्नत स्तरको संस्कृति देखाउनुभएको छ, यसलाई आगामी दिनमा पनि बढाएर लैजानुपर्छ भन्न चाहन्छु ।”
उनले आफूले सहमतिका लागि प्रयास गरेको र त्यो नभए पनि अन्य दलबाट अध्यक्षको उम्मेदवारी नपर्नुले आफूलाई खुशी लागेको बताए । उनले भने, “हाम्रा काम साझा छन्, हामीले अरु पनि धेरै काम गर्नुछ ।”

