हेल्प नेपाल नेटवर्कलार्इ इजरायलबासी नेपालीको ५० लाख रूपैयाँ सहयोग

 तेलअभिव । इजरायलमा रहेका नेपालीहरुले परोपकारी संस्था हेल्प नेपाल नेटवर्कलाई पचास लाख रुपैयाँ प्रदान गरेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिताकाबीच संकलित रकम संस्थाका संस्थापक अध्यक्ष रविन्द्र मिश्रलाई तेलअभिवमा एक कार्यक्रमका वीच शुक्रवार हस्तान्तरण गरिएको हो ।  सहयोग प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले इजरायलमा रहेका नेपालीहरुको भावना देखेर आफु प्रभावित भएको बताए । इजरायलमा थोरै नेपाली

 संसारभर रहेका नेपालीहरुको सहयोगबाट सामाजिक कार्यमा लगानी गर्नको लागि सो कोष स्थापना गरिएको हो । इजरायलमा यो अभियान सुरु गरिएको ७ महिना मात्र भएको छ । सो कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाईले परोपकारी कोषका लागि इजरायलमा कार्यरत नेपालीहरुद्वारा ५० लाख संकलन गरी हस्तान्तरण गर्न पाउँदा आफुलाई ज्यादै खुशी लागेको बताए । हालसम्ममा नेपालका थुप्रै विपन्न तथा दुर्गम गाउँहरुमा यस संस्थाबाट परोपकारी काम भईसकेको छ।

 नेपालीलेनै नेपाललाई सहयोग गर्नु पर्छ भन्ने उद्देश्यका साथ थुप्रै उदाहरणिय सामाजिक कार्य गर्दै आएको यस “हेल्प नेपाल नेटवर्क” मार्फत केही गर्न तत्पर इजरायलमा कार्यरत नेपालीहरुले पचास लाख सहयोग रकम उठाएका थिए ।  हेल्प नेपाल नेटवर्कको यस अभियानमा मात्र नेपालीहरुको सहयोगमा रु.१० करोडको अक्षय कोष खडा गर्ने महत्वाकांक्षी लक्ष्य सहित स्थापित यो एउटा महान उद्देश्य हो । हेल्प नेपाल नेटवर्कले अहिले देशभित्रका स्कुल, लाइब्रेरी, स्वास्थ्य उपहार र आपतकालिन सेवा जस्ता थुप्रै सामाजिक कार्यहरुमा सहयेाग पुर्याउँदै नयाँ संरचनाका साथ अगाडी बढाउँदै आएको छ ।

रहेतापनि सहयोगी रहेको मिश्रको भनाई थियो । आफुले स्थापना गरेको संस्थाको उद्देश्यलाई स्पष्ट पार्दै मिश्रले संकलित रकम दिन दुखि र असहायको निम्ति परिचालन गरिने स्पष्ट पारे ।  मिश्रले गाउँ-गाउँ मा रहेका बालबालिकाको बारेमा जानकारी दिदै त्यस्ता बालबालिका र अशक्तहरुलाई गास, वास र कपासको साथै आधारभूत आवश्यकता मजबुद पार्ने बताए । ‘खान पुगोस दिन पुगोस’ नाराका साथ आगाडी बढ्नु भएका मिश्रले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको वताएका थिए ।

,

news and entertainment