निकै बढी उमेर अन्तर रहेका बलिउडका जोडीहरु (फोटो फिचर)
बलिउड चलचित्र नगरीका चर्चित हस्तीहरुमा आफ्नै जिबनशैली रहेको छ | चलचित्रको पर्दामा निकै सदाबहार देखिइ आफुभन्दा कम उमेरका नायिकाहरुसंग रोमान्स गर्ने बलिउडका चर्चित हस्तीहरु आफ्नो बाहिरी जिबनमा पनि आफुभन्दा निकै कम उमेरलाइ जिबनसंगिनी बनाएका छन् |
बलिउडमा निकै नै बढी उमेरको अन्तर रहेका ७ जोडीहरु:-
१.बलिउडका नवाब सैफअलि खान जसको आफु भन्दा १२ वर्ष बढी उमेरकी अमृता सिंहसंगको जिबन यात्रामा पूर्णबिराम लागे पश्च्यात पुन: आफु भन्दा १० वर्ष कम उमेरकी बलिउड सुन्दरी करिना कपुरसंग सम्बन्ध गासे|
२.मुम्बईको ताज होटलमा भएको आतंककारी हमलामा आतंककारीलाइ सघाएको आरोपमा जेल सजाय काटिरहेका संजय दत्त आफु भन्दा १९ वर्ष कम उमेरकी मानाया दत्तसंग जीवन साटेका छन् |
३.बलिउडका चल्तीका निर्देसक अनुराग कस्यप आफु भन्दा ११ वर्ष कम उमेरकी नायिका कल्की कोच्लिनसंग सम्बन्धमा रहेका छन् |
४.बलिउडका चर्चित नायक आमिर खान जसको चलचित्रले समाजमा एक पछि अर्को नया आयाम थप्दै,नौलो रेकर्ड कायम गरिरहेका छन् उनि आफु भन्दा ८ वर्ष कम उमेरकी किरण रावसंग जीवन बिताईरहेका छन् |
५.बलिउड इतिहासकै चर्चित चलचित्र ‘सोले’का बिरु अर्थात धर्मेन्द्र आफ्नी पहिली पत्नीलाइ छोडेर आफु भन्दा १३ वर्ष कम उमेरकी प्रसिद्ध नायिका हेमा मालिनीसंग दोस्रो बिहे गरेका थिए |
६.बलिउडका ‘ट्राजीडी किंग’ का रुपमा परिचित दिलिप कुमार आफ्नो ५० वर्षको बैबाहिक जिबनयात्रामा आफुभन्दा २२ वर्ष कम उमेरकी साइरा बनुसंग हिडी रहेका छन् |
