फिचर,
समाचार
»
प्रधानमन्त्रीविरुध्द रामचन्द्र पौडेलको शकुनी चाल
प्रधानमन्त्रीविरुध्द रामचन्द्र पौडेलको शकुनी चाल
पंकज चौधरी\सुजन पन्त
प्रधानमन्त्री सुशीलकोइरालाको सत्ता यात्रामा हाल उत्पन्न जटीलताका पछाडी उनकै पार्टीका नेता रामचन्द्र पौडेलको खलनायकी भूमिका जिम्मेवार रहेको चर्चा यतिबेला काँग्रेस वृत्तमा व्याप्त छ । पौडेलकै कारण भारतले शुसीललाई केही दिन यता असहयोग गरिरहेको प्रधानमन्त्री निकट सुत्रले रातोपाटीलाई बताएको छ । प्रसँग सुरुहुन्छ, सुशीलकोइराला सँसदीय दलको नेता निर्वाचीत भएको साँझबाट । त्यो साँझ कोइरालाको

महाराजगञ्जस्थित निवासमा उनका अति निकट मानीने नेताहरुको जमघट थियो । त्यो जमघटमा दिलेन्द्र प्रसाद बडु, आनन्द ढुंगाना, दिलबहादुर घर्तीमात्र हैन, रामचन्द्र पौडेल र दिपकुमार उपाध्याय पनि थिए । संसदीय दलको नेता चुनीए पनि प्रधानमन्त्री बन्न सुशीललाई विभिन्न दलको मात्र नभइ शक्ति केन्द्रहरुको पनि आशिर्वाद चाहिने अवस्थाबारे छलफल चल्यो । भारतको समर्थन बिना प्रधानमन्त्री बन्न नसकीने निश्कर्ष सुनाउँदै कपिलवस्तुका नेता दिपकुमारले भने, ‘शुसील दाई, एमाले अध्यक्षले त तपाईलाई नै सरकारको नेतृत्व गर्न भनीसक्नुभयो, तर भारतको समर्थन भएन भने केपी ओलीहरुले बखेडा झिक्नसक्छन् । त्यसैले भारतीय मित्रहरुसँग पनि लाइन मिलाउनुपर्छ ।’ त्यसमा आनन्द ढुंगानाले थपे, ‘भारतको पनि विश्वासमा लिनु उपयुक्त होला । उसले चाह्यो भने जे पनि गराइदिनसक्छ ।’ दिपकुमारले बिगतमा गिरिजावावुले पनि भारतको सद्भाव र सहयोग पाएरै सरकार चलाउन सकेको उदाहरण दिदै आफुले भारतीय मित्रहरुसँग कुराकानी अगाडी बढाउनेसमेत बताए । सुशील ले सबैको कुराकानी सुनीसकेपछि झर्कदै भने, ‘तपाईहरु यो के भन्न खोज्दै हुनुहुन्छ ? के मैले प्रधानमन्त्री बन्न भारतको चाकडी गर्ने ? हिन्दुस्तानको चाकडी गरेर मलाई प्रधानमन्त्री बन्नुछैन् । त्यसो भयो भने सबै उसले भनेको मान्नुपर्ने हुन्छ । म गुलामी गर्दीन ।’ पुराना त्यागी नेताले कुरै कुरामा भनेका यी शब्द महाराजगञ्जमै सिमित रहेनन् । महाराजगञ्जबाट ति शब्द लैनचौर अर्थात भारतीय दुतावाससम्म पुगे । दुतावाससम्म उनका कुरा पोल लगाउने अरु कोही नभएर उपभासपति रामचन्द्र पौडेल नै भएको दुतावास सुत्र बताउँछ । किन पौडेलले ुसुशीलविरुध्द भारतलाई पोल लगाए त ? यसको पनि खास कारण छ । संसदीय दलको नेता चयन भएको साँझ कुरै कुरामा सुशीलले केही समय नेतृत्व हस्तान्तरण नगर्ने, सरकार र पार्टी दुबै आफैले हाँक्ने संकेत गरेका थिए । आफुले कार्यवाहक सभापति नपाउने देखेपछि क्रुध्द भएका पौडेलले सुशीलसँग बदला लिनकै लागि सकुनी पासा फयाँकेका बताइन्छ । त्यो पासाले काम गरीरहेकै छ । भारतप्रति सुशीलमा अझै पनि नकारात्मक सोच भएको थाहा पाएपछि दिल्लीबाट ‘रअ’का एक अधिकारीले फोन गरेर भनेका रहेछन, ‘कोइरालाजी हमालेर फेबर मै नही है, उनको मनाना कठिन है । दुसरी समीकरण मे जाना होगा ।’ सुत्रको दावी अनुसार त्यसपछि एकाएक एमालेमा केपी ओलीलाई संसदीय दलमा निर्वाचीत गराएर सुशील पछिको प्रधानमन्त्रीका रुपमा तयार गरियो । यतिबेला ‘शुसील त जम्मा तिन महिनाका प्रधानमन्त्री हुन, त्यसपछि त ओली नै प्रधानमन्त्री हुन’भन्ने हल्लासँगै मानसीकता विकसीत भइरहेको छ । सरकारले पुर्णता नपाउँदै सुशील कमजोर र निरीह प्रधानमन्त्री भएका छन् । भारत आफुप्रति सहयोगी नभएको चाल पाएका शुसीलले अचेल आफ्नै ढिपीमा कदम चालीरहेको देखिन्छ । ‘वार्ता समितिमा कुनै छलफल नै नभइ फगत भारतीयहरुले भनेकै भरमा एमालेलाई किन गृह दिने ?’, सोमबार विहान आफुलाई फेरी भेटन आएका कृष्ण सिटौलालाई प्रधानमन्त्रीको जवाफ थियो । सिटौलाले एमालेलाई गृह दिनैपर्ने दबाब दिइरहदा कोइरालाले भनेका थिए, ‘तपाईहरु लैनचौर, होटल एभरेस्ट र विष्णु पौडेलजीको घरमा चाहिने नचाहिने छलफल र षडयन्त्र गर्नुहुन्छ । अनी मैले खुरुक्क त्यसलाई मानीदिनुपर्ने ? के मेरो आफ्.नो हैसियत छैन ? म अरु नेताजस्तो निमित्त नायक हुँ ? दिन्न एमालेलाई गृहमन्त्री । बरु प्रधानमन्त्री नै खान्न । गएर भन्दीनुस उनीहरुलाई ।’ तिन महिने जागिर एमालेसँग कुरा नमिले पनि सुशीललाई तिन महिनासम्म प्रधानमन्त्री बनाएर बिदा गर्ने तयारी सुरु भएको छ । तिन महिनापछि नयाँ समीकरण बन्ने सम्भावना बढेको एकथरीको दावी छ । प्रधानमन्त्री कोइरालाको हालत पंचायत कालमा तिन महिना मात्र प्रधानमन्त्री बनेका नगेन्द्रप्रसाद रिजालको जस्तो भएको छ । भारतमा पनि अटल विहारी बाजपेयी पहिलो पटक जम्मा १८ दिन मात्र प्रधानमन्त्री बनेका थिए । विपक्षीको असहयोगका कारण उनले राजीनामा दिनुपरेको थियो । भारतमा हालै मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तिन महिना नपुग्दै राजीनामा दिएका छन् । सुशीलको हालत पनि त्यस्तै भएको काँग्रेसजन नै चर्चा गर्छन् ।
www.ratopati.com